Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


मन्त्रालय र मातहतका निकायमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्न ऊर्जामन्त्री श्रेष्ठकाे निर्देशन


585
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री ले मन्त्रालय र मातहतका निकायहरूमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्न निर्देशन दिनुभएको छ।

मन्त्री श्रेष्ठले विशेषगरी प्लास्टिकका गिलास, बोतललगायत वातावरणमा असर गर्ने र एक पटक प्रयोग हुने सामग्रीको प्रयोग बन्द गर्न निर्देशन दिनुभएकाे हाे । उहाँले वातावरणमैत्री विकल्प अपनाउन समेत जोड दिनुभयो। उहाँले सरकारी कार्यालयहरूले नै वातावरण संरक्षणमा उदाहरण प्रस्तुत गर्नुपर्ने उल्लेख गर्नुभएकाे छ। दिगो र स्वच्छ वातावरणका लागि यस्तो कदम आवश्यक रहेको उहाँकाे भनाइ थियाे ।

साेही निर्देशनसँगै मन्त्रालय तथा सम्बन्धित निकायहरूमा कागज, काँच, स्टिल वा अन्य पुनःप्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग बढाइने अपेक्षा गरिएको छ। साथै, जसले प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्दै वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने मन्त्री श्रेष्ठले विश्वास गर्नुभएकाे हाे ।