Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


सुन प्रतिताेला ६ हजार ७ सय रूपैयाँले बढ्याे


598
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

सोमबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ६ हजार सात सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी मंगलबार प्रतितोला चार हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार पाँच सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको महास‌घले जनाएकाे छ।