Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाेड्ने: वरिष्ठ उपाध्यक्ष पोखरेल


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाेड्ने बताउनुभएकाे छ।

११ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै उहाँले भण्डारी पार्टीमा फर्किनु सकारात्मक विषय हुने भएकाले रोक्न नहुने बताउनुभएकाे हाे। ‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो जारी वक्तव्यमा भनिएको छ।’

भण्डारीको पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर गर्ने उल्लेख गरिएकाे छ।

तसर्थ भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिने वरिष्ठ उपाध्यक्ष पाेखरेलले बताउनुभयाे।