Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया अस्पताल भर्ना


1.3k
Shares

एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई छातिमा संक्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ।

बंगलादेश न्यूज २४ ले जियाका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै आइतबार राति स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको र प्रारम्भिक जाँचपछि तुरुन्तै उपचार शुरु गरिएको जनाएकाे हाे। जियालाई अहिले निजी क्याबिनमा सघन चिकित्सा निरीक्षणका साथ राखिएको छ।

मेडिकल बोर्डका सदस्य डा. एफ. एम. सिद्दीकीका अनुसार १२ घण्टा जियाकाे स्वास्थ्यका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहने भएकाे हाे।