Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो


780
Shares

काठमाडाैं ।

सवारी साधन मर्मतसम्बन्धी समस्या समाधान गर्न ‘मोबाईल ग्यारेज’ नामक नयाँ एप सार्वजनिक गरिएको छ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बीच एप सार्वजनिक गर्दै मोबाईल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले एपको उद्देश्य सवारीधनी र मर्मत गर्ने सीप भएकालाई जोड्ने रहेको जानकारी दिए ।

एपमार्फत सवारी साधन बिग्रिएमा नजिकैको मिस्त्री खोज्न र सेवाको पहुँच पाउन सकिनेछ। यसले सवारी मर्मतको प्रक्रियालाई द्रुत र सजिलो बनाउने अपेक्षा गरिएको छ।