Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


दुर्गा प्रसाईलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतकाे आदेश


676
Shares

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।

प्रसाईका छोरा निराजन प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार कारण देखाउसहित प्रतिवादीलाई उपस्थिति गराउन आदेश दिएको हो। आन्दोलनको तयारीमा रहेका प्रसाईलाई अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो।

प्रसाईलाई ४ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

Skip This