Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सरकारलाई राजश्व संकलनकाे लक्ष्य भेट्न मुस्किल

राजश्व संकलनकाे लक्ष्य भन्दा टाढा

234
Shares

काठमाडाैं। जेनजी युवाकाे आन्दोलनपछि सरकारलाई राजस्वकाे लक्ष्य भेट्न मुस्किल परेको छ।

अर्थ मन्त्रालयले उपलव्ध गराएको तथ्यांक अनुसार सरकारले धेरै जसो शीर्षकमा पहिलो चौमासमा लक्ष्यअनुसार राजश्व उठाउन सकेको छैन । सरकारले ३ खर्ब २६ अर्ब राजस्व संकलन गरेको छ। जबकी कात्तिक ३० सम्म सरकारले ४ खर्ब २५ अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो। यसले आगामी दिनमा सरकारलाई खर्च धान्न समेत अप्ठ्यारो पर्ने देखिएको छ।

सरकारले यो बर्ष १४ खर्ब भन्दा बढी राजश्व उठाउने लक्ष्य राखेको छ । तर अहिलेसम्म धेरै जसो राजश्वका सूचांकहरुले लक्ष्य नभेटेका कारण चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यअनुसार कर नउठ्ने देखिएको छ। कात्तिक मसान्तसम्म अन्तःशुल्कमा सरकारले ९६ अर्ब ९२ करोडको राजश्व उठाउने लक्ष्य रहेकोमा ७४ अर्ब ५९ करोड रुपैयाँ मात्रै राजश्व उठेको हाे।

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ १ खर्ब २५ अर्ब उठाउने लक्ष्य रहेकोमा १ खर्ब ७ अर्ब मात्रै उठेको छ। सरकारले यसरी लक्ष्यअनुसार राजश्व नउठाउँदा आगामी दिनमा प्रशासनिक खर्च समेत धान्न मुस्किल हुने देखिन् ।