Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


दिल्लीको लालकिल्लामा कार विस्फोट हुँदा ८ जनाको मृत्यु


1.2k
Shares

काठमाडौं ।

भारतको राजधानी नयाँ दिल्लीको ऐतिहासिक लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको विस्फोटमा अन्य २४ जना घाइते भएका छन् ।

दिल्ली प्रहरीका अनुसार, घटना सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हो ।

विस्फोटले वरपरका अन्य तीनदेखि चारवटा गाडीमा पनि आगो लागेको थियो । जसकारण ती गाडीहरू जलेर नष्ट भएका छन् ।

घटनाको सूचना पाएलगत्तै दिल्ली फायर सर्भिसका सातवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । विस्फोटपछि उक्त क्षेत्रमा भागदौड मच्चिएको थियो । विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन ।