Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


बुटवलमा फुटपाथ खाली गर्ने अभियान तीव्र (भिडियाे रिपोर्ट)


234
Shares

हरिलाल बस्याल, रुपन्देही
बुटवल उपमहानगरपालिकाले सहरलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यका साथ फुटपाथ अतिक्रमण हटाउने विशेष अभियान सुरु गरेको छ ।

तीन दिनको सार्वजनिक सूचना र आग्रहलाई अटेर गर्ने व्यवसायीका सामग्री जफत गर्दै उपमहानगरले सडकलाई पैदलयात्रीमैत्री बनाउने अभियान थालेको हो । बुटवललाई सफा र व्यवस्थित सहर बनाउने लक्ष्यसहित फुटपाथको अतिक्रमण हटाउने अभियान थालिएको छ ।

अभियानको पहिलो दिन नैं मुख्य व्यापारिक केन्द्रहरू बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रका फुटपाथ खाली गराइएको छ । उपमहानगरले यसअघि तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीहरूलाई आफैं फुटपाथ छाड्न आग्रह गरेको थियो । तर, निर्देशन पालना नगर्ने र सडक मिचेर व्यवसाय जारी राख्ने केही व्यवसायीका सामग्री हिजो नगर प्रहरीले नियन्त्रणमा लिएको छ । नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सुरक्षित र सुन्दर बनाउन यो कदम अनिवार्य रहेको बताउनुभयो ।