१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


म्याद नाघेको जुसमा नयाँ मिति राख्ने प्रिन्ट कारखानामा छापा


0
Shares

पर्सा, असार ६ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नम्बर ५ स्थित रेल्बे रोडमा रहेको एक प्रिन्ट कारखानामा छापा मारेको छ ।

म्याद गुज्रेको क्यान जुसमा नयाँ म्याद थप गरेको सूचना पाएपछि प्रहरीले कारखानामा छापा मारेको हो । कारखानामा म्याद नाघिसकेको कोरियाली डेल्लोस ओरेन्ज जुसलाई मिति परिर्वतन गरि बजारमा पठाउने तयारी भएको तर विशेष सूचनाको आधारमा समयमै छापामारेर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

प्रहरीले ५० कार्टुन जुससहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ओम बहादुर कार्की र लक्ष्मी साह कानु छन् ।

त्यस्तै प्रहरीले विभिन्न सरकारी कार्यालयको स्टाम्प तथा प्रिन्ट गर्ने मेशिन बरामद गरेको छ ।