Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


हिमपातका कारण मुस्ताङमा फसेका १५ जना पर्यटकको उद्धार


39
Shares

काठमाडौं । म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका तीन बेलायतीसहित १५ जना पर्यटकहरूको उद्धार गरिएको छ ।

मंगलबारदेखि परेको हिमपातको कारण मुस्ताङ जिल्लाको हिडन भ्यालीमा इलाकामा फसेकोले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैर सैनिक पथ प्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली उक्त स्थानमा खटिएका छन् ।

उच्च हिमपात, कमजोर भिजिबिलिटी तथा सञ्चार कठिनाइका कारण याक खर्कमा वेश बनाई तीन दिनको अथक प्रयास पश्चात् करिब ४९०० मिटरको बतासेडाँडा ईलाकामा नेपाली सेनाको टोलीले आज फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको ।

फेला परेका पर्यटकहरू संयुक्त उद्धार टोली सहित जोमसोम फर्कने क्रममा रहेको ।

Skip This