Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनतर्फ ५४ करोड रूपैयाँको क्षति


221
Shares

काठमाडौं । जेनजी युवाकाे आन्दोलनको क्रममा प्रहरीका सवारीसधानतर्फ पनि ठूलो क्षति भएको छ।

साेही आन्दोलनमा भएको क्षतिको विवरण अध्ययन गर्न प्रहरी हेडक्वाटरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुधबार सवारी साधनतर्फ पनि ठूलो क्षति भएको विवरण पेश गरेको हाे। जसमा सवारी साधनतर्फ ५४ करोडको क्षति भएको उल्लेख गरिएकाे छ।

जसमध्ये ४ सय ९४ सवारी साधन पूर्ण र ५७ आंशिक गरी कुल ५ सय ५१ सवारी साधानमा क्षति भएको रिपोर्ट रेग्मी समितिले दिएको छ। प्रहरी कर्मचारीको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो क्षति भएको समितिले जनाएकाे हाे।