Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


जेन्जी आन्दोलनमा भागेका कैदी ललितपुरबाट पक्राउ


650
Shares

ललितपुर । लागुऔषधसम्बन्धी मुद्दाका फरार थुनुवा नवराज गिरी ललितपुरबाट पक्राउ परेका छन्।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको सिभिल टोलीले शनिबार साँझ ५ बजे ललितपुर महानगरपालिका–८, लुभु लाछीबाट २७ वर्षीय गिरीलाई नियन्त्रणमा लिएको हो।

सिराहा धनगढीमाई नगरपालिका–१० घर भएका गिरी गत भदौ २४ गते जेन्जी आन्दोलनमा भागेका थिए। उनलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग लुभुमा राखेको ललितपुर परिसरले जनाएको छ।