Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


यस अघिका नजिरकै आधारमा संसद पुन:स्थापना हुन्छ: एमाले नेता बडाल


910
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश बडालले संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नुभएकाे छ।

ललितपुरमा बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएकाे हाे। पूर्वमहान्यायाधीश समेत रहेका बडालले यसअघि विघटन भएका संसदका नजिरका आधारमा पनि प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्ने उहाँकाे तर्क छ।

एमालेले संसद विघटन असंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा आफ्ना औपचारिक धारणा राख्दै आएको छ । अदालतमा संसद विघटनविरुद्ध करिब १० वटा रिट दर्ता भइसकेका छन् । एमालेले साेही रिट निवेदनहरूमा पार्टीको समर्थन रहने जनाएको हाे।