२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष संचालन


0
Shares

कपिलबस्तु, जेठ २७ । कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष, एसएनसियु संचालन गरिएको छ ।

फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि हिजोदेखि सघन कक्ष सेवा सञ्चालनमा ल्याइएको हो ।

सघन कक्षमा जन्मेदेखि चार सातासम्मका बच्चाको उपचार हुने गर्दछ ।

एक महिनाभन्दा कम उमेरका विरामी बच्चाका अत्यावश्यक मानिने लागि सघन कक्षमा सिकिस्त भएका, बढी ज्वरो आएका, दूध चुस्न नसक्ने, सास फेर्न गाह्रो भएका नवजात शिशुलाई राखेर उपचार गर्दा सजिलो हुने गर्दछ ।

अब संवेदनशील नवजात शिशुको उपचार जिल्लामै हुने डा. किशोर बन्जाडेले बताए ।

जिल्लामै पहिलो पटक जिल्ला अस्पतालमा तौलिहवामा २० लाख बढीको लगानीमा यो सेवा सुचालु गरिएको हो ।