Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


फ्रान्सका प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकृत


871
Shares

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले साेमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकृत गर्नुभएकाे छ।

प्रधानमन्त्री लेकोर्नुले आफ्नो मन्त्रिपरिषद घोषणा गरेको केही घण्टामै राजीनामा दिनुभएकाे हाे। उहाँको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः राजनीतिक गतिरोधमा पुर्‍याएको छ। राष्ट्रपति म्याक्रोनले गत महिना पूर्व रक्षामन्त्री लेकोर्नुलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे थियाे। तर आइतबार साँझ सार्वजनिक गरिएको नयाँ मन्त्रिपरिषदले राजनीतिक वृत्तमा तीव्र आलोचना निम्त्याएको थियो ।

प्रधानमन्त्री लेकोर्नुमाथि आगामी वर्षका लागि मितव्ययिता बजेट संसदबाट स्वीकृत गराउने कठिन जिम्मेवारी थियो । संसदमा सांसदहरू गहिरो रूपमा विभाजित भएका छन् । उहाँले दुई तत्काल पूर्ववर्तीहरू फ्रान्स्वा बायरो र मिशेल बार्नियर खर्च योजनाको गतिरोधकै कारण विधायिकाबाट हटाउनुभएकाे थियाे।