Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


अख्तियार प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन जेनजी युवाकाे दबाब (दबाब पत्रसहित)


7.4k
Shares

काठमाडौं । जेनजी युवाकाे एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन दबाब दिएकाे छ।

विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले साेमबार एक सूचना जारी गर्दै यस्ताे दबाब दिएकाे हाे । जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको अभियान पनि रहेका कारण सहयोग गर्न प्रमुख आयूक्त राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको जारी सूचनामा भनिएकाे छ।

‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् जारी दबाब सूचना पत्रमा उल्लेख गरिएकाे छ।’

अलायन्सका अनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप समेत लगाइएकाे छ।

Skip This