Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


ऊर्जामन्त्री घिसिङ छाता ओडेरै चोभार-गल्छी क्षेत्रको निरीक्षणमा पुगे

नदी किनारका बासीन्दालाई उच्च सतर्कताका साथ सुरक्षित भएर बस्न आग्रह

546
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ छाता ओडेरै चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुग्नुभएकाे छ।

गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएका कारण उहाँ शनिबार सोही क्षेत्रको निरीक्षणमा पुग्नुभएकाे हाे । त्यसैगरी मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाकाे बारेमा समेत जानकारी लिनुभएकाे छ।

सोही क्रममा उहाँले नदी किनारका बस्तीका बासीन्दाहरूलाई उच्च सतर्कताका साथ सुरक्षित भएर बस्न पनि आग्रह गर्नुभयाे। निरीक्षणका क्रममा मन्त्री घिसिङसँगै सहरी विकास सचिव गोपाल सिग्देल पनि सहभागी हुनुभएकाे थियाे ।