Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


जेनजी आन्दाेलन: भागेका कैदीलाई आश्रय नदिन कारागार प्रशासनकाे आग्रह

असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कानून बमोजिम कारबाही गरिने

754
Shares

काठमाडाैं । कारागार कार्यायल नवलपरासीले भागेका कैदीबैन्दीलाई आश्रय नदिनका लागि आग्रह गरेकाे छ।

गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५ सय ४६ जना कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन् ।भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरुलाई समेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार प्रशासनले जनाएकाे हाे ।

हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यहि असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको छ। असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानून बमोजिम कारबाही हुने कारागार प्रशासनले जनाएकाे हाे ।

नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २ सय १९ र महिला ३२ जनागरी हालसम्म २ सय ५१ जना हाजिर भइसकेकाे जनाइएकाे छ।