
काठमाडाैं । सर्लाहीको हरिपूर्वामा बुधबार माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–१, स्थित हर्दीखोलामा माटो खन्न गएका एक वृद्धसहित ३ जना बालबालिकाको मृत्यु भएको हो । मृतक सबै महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानावासी भएकाे पप्रहरीले बताएकाे छ। मृत्यु हुनेहरुमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सबिबा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षिया नर्गिस खातुन रहेको प्रहरीले बताएको हाे ।
ढिस्को खसेर पुरीएपछि अचेत अवस्थामा रहेका चारै जनालाई उपचारका लागि लगिएकोमा प्रादेशिक अस्पताल मलङ्गवामा चिकित्सकले मृत घोषणा गरेका हुन् । माटो खन्न गएका ६ जनामध्ये दुई जना भाग्न सफल भएका थिए । सुरक्षित रहेका ती दुई जनाले घटनाकाे बारेमा जानकारी गराएपछि गाउँलेहरु घटनास्थलमा पुगेका थिए ।
घटनाकाे बारेमा प्रहरीले थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्