 
	    काठमाडौं, असोज ४ । नेपालीहरुको महान् पर्व दसैंका लागि यातायातका साधनहरुको अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय यातायात व्यवसायीहरुले गरेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघको बिहीबार राजधानीमा बसेको बैठकले पेट्रोलियम पदार्थको पछिल्लोपटक बढाइएको भाउ नघटाएसम्म टिकट बुकिङ नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
तर, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकालले भने दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने दाबी गरेका छन् ।
सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ तोड्न भन्दै यातायात समितिहरुको खाता रोक्का गरेकामा यातायात व्यवसायीहरुले चाडबाडको मौका छोपेर सरकारलाई दबाब दिने रणनीतिसमेत लिएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्