Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


जेनजीको पोखरामा पनि प्रदर्शन


91
Shares

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेनजीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् ।

उनीहरूले ‘हाम्रो देश कसले बचाउँछ रु’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’, ‘मेरो पैसा दे’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध चर्का नाराबाजी पनि गरेका छन्। ‘मान्छे बेच्न पाइँदैन, भ्रष्टाचार मुर्दावाद, केपी ओली मुर्दावाद’ नारा लगाएका हुन्।

सामाजिक सञ्जाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको युवाहरूको भनाई छ । जेनजीहरूले काठमाडौं, बुटवल, दाङलगायत सहरहरूमा पनि प्रदर्शन गरेका छन् ।