Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रधानमन्त्री ओली आज थियानजिनबाट बेइजिङ जाँदै


1.1k
Shares

काठमाडौं ।

चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलन सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेइजिङ प्रस्थान गर्न लाग्नुभएको छ।

चीनको राजधानी बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङसँग भेटवार्ता गर्नुहुनेछ। त्यही अवसरमा उपराष्ट्रपति चङले आयोजना गर्नुभएको रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।

यसअघि प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच थियानजिनमै द्विपक्षीय भेटवार्ता सम्पन्न भइसकेको छ।

भ्रमणको अन्तिम दिन, भदौ १८ गते, प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागिता जनाउनेछ। सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्किने कार्यक्रम छ।