Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


युक्रेनका पूर्वसभामुख परूबीयको गोली हानी हत्या


2.6k
Shares

एजेन्सी । युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको हत्या भएको छ।

युक्रेनको पश्चिमी सहर लिविभमा शनिबार पूर्वसभामुखमाथि एक संदिग्धले अन्धाधुन्ध गोली चलाएर उनको हत्या गरेको हो।

गोली प्रहार गरी हत्यारा फरार भएका थिए। गोली प्रहारबाट ५४ वर्षीया परूबीयको घटनास्थलमै मृत्यु भएको युक्रेनी प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

गोली प्रहार गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।