Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


अहिले राज्यको विरूद्धमा विद्रोह गर्ने समय होइनः सञ्चारमन्त्री गुरूङ


0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय नभएको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेको बताउदै उहाँले अहिले विद्रोह गर्ने समय नभएको बताउनुभयो । उहाँले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतिय प्रणालीमा नगएको बताउनुभएको छ।

राष्ट्रपतिय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएका कारण राष्ट्रपतिय प्रणालीमा नगएको उहाँको भनाइ थियो। अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरुले लाभ लिन सक्नुपर्नेमा उहाँको जोड छ । मन्त्री गुरुङले समतामुलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको समेत बताउनुभउको छ । आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डिमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको उहाँको भनाइ छ ।