२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न राष्ट्रिय एजेण्डाका रूपमा कानून बनाउन आवश्यकः परराष्ट्रमन्त्री देउवा


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा‍‍. आरजु राणा देउवाले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्नका लागि राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा सोमबार हिन्दुकुश हिमालय क्षेत्रका देशका सांसदहरूको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री देउवाले जलवायु परिवर्तन कुनै भूगोल, सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको संकट भएको बताउनुभएको हो । सोही समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

जलवायु परिवर्तनको समस्या मानव सभ्यताका खिलाफको साझा समस्या भएका कारण यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने उहाँले बताउनुभयो । जलवायु समस्या अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको समेत उहाँले बताउनुभएकाे छ । सबैले राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्नेमा मन्त्री देउवाले जोड दिनुभयो ।

जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्या समाधान गर्नका लागि सरकारको प्रयासले मात्रै प्रयाप्त नहुने उहाँले बताउनुभयो ।