Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


टप टी-२० सिरिज : मेलबर्नसँग नेपाल ३१ रनले पराजित


1.4k
Shares

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमाअन्तर्गत सोमबार भएको खेलमा नेपाल मेलबर्न स्टारसँग ३१ रनले पराजित भएको छ।

सोमबार मेलबर्न स्टारसँग नेपाल ३१ रनले पराजित भएको हो मेलबर्नले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७५ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएकाे थियाे । थोमस रोजर्सले ४६ बलमा ६५ रन र ब्लेक म्याकडोनाल्डले ४७ बलमा ७४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेका थिए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामी र साहब आलमले एक/एक विकेट गरेका थिए ।

१७६ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो। नेपालका ओपनर आशिफ शेखले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले ३३ रन बनाए। यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रन र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको थियो।