
काठमाडौं ।
चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ ।
नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएकाे हाे । नन्दनको ९१ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित भएकाे परिवारिक जनाएकाे छ । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिने छ । नन्दनको आजै देवघाटमा दाहासंस्कारको तयारी गरिएको छ ।
नन्दनले गजलमा नै दोहोरी फर्काउन सक्ने क्षमता भएका विभिन्न विद्यामा आफ्ना रचनाहरु सिर्जना छन् । तनहुँको बन्दिपुरमा जन्मिएका हुन् । २०१९ सालमा नारायणगढ बजार झरेका नन्दनले राजधानी बाहिर बसेर नै आफूलाई स्थापित गराउन सफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस्