Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा


21.9k
Shares

पाल्पा।

ऐतिहासिक भगवती जात्राको अवसरमा आज लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । नेपाल-अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष हुँदै आएको भगवती जात्राको अवसरमा आइतबार प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

इतिहास अनुसार, वि.सं. १८७७ मा युद्ध विजयको प्रतीकस्वरूप तत्कालीन पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले भगवतीलाई तीन तले मन्दिर बनाएर सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए। त्यही भाकल अनुसार भगवती जात्रा सुरु गरिएको हो।

स्थानीय बासिन्दा, श्रद्धालु र भक्तजनको व्यापक सहभागिता रहेको रथयात्राले न केवल भगवतीको धार्मिक महिमा प्रचार गरेको छ, तर धार्मिक पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याएको विश्वास गरिएको छ। लुम्बिनी प्रदेश सरकारले यस ऐतिहासिक महत्वलाई दृष्टिगत गर्दै आइतबारका दिन सार्वजनिक बिदा घोषणा गरेको हो।