Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना, ठूलो आन्दोलन गर्ने चेतावनी


1.5k
Shares

काठमाडौं । शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ ।

बुधबार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएको हो ।

अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए ।

धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले निर्णायक चरणको आन्दोलन जनआन्दोलन भन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्नुभयो ।

कि जितिन्छ, कि बितिन्छ भन्ने मानसिकताबाट आफूहरु अघि बढिरहेको बताउनुभयो । उनीहरुले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डो¥याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।