Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


मेची राजमार्ग बन्द


3.1k
Shares

इलाम । ताप्लेजुङको पाथीभरामा केवलकार खारेजीको माग गर्दै आजदेखि आह्वान गरिएको मेची राजमार्ग बन्दका कारण पुर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण मंगलबार बिहानैदेखि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । बन्दको प्रत्यक्ष असर इलाम, पाँचथर तथा ताप्लेजुङमा परेको छ । मेची राजमार्ग भएर चल्ने सवारी साधन झापामै रोकिएका छन् ।

मुकुमलुङ संरक्षणकारीहरूले पाथीभरामा केवलकार बन्न नहुने भन्दै आन्दोलन चर्काएका हुन् । केबलकार खारेज हुनुपर्ने मागसहित स्थानीयमाथि गोली चलाएकोविरुद्ध आज अर्थात माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरिएको हो ।

मुकुम्लुङ बचाओ संघर्ष समितिका पाँच घटकले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन ।

पाँच घटकमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था (याक्थुङ संयङ), डकेन्द्र सि थेगिम किरात धर्म साहित्य उथान संघ रहेका छन् ।

विज्ञप्तिमा सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको उल्लेख गरिएको छ ।