५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते


663
Shares

काठमाडौं । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते छन् ।

शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कारका चालक हेटौँडा उपमहानगरपालिका–४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६च ८३२४ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ मा ठोक्किँदा दुर्घटना भएको हो ।

कारका तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो । घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको उहाँले बताउनुभयो । स्कार्पियोका चालकको पहिचान खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।