५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


बुटवलमा नागरिकलाई शित लहरबाट जोगाउन दाउरा वितरण


364
Shares

काठमाडौं । नागरिकहरुलाई शित लहरको प्रभावबाट बचाउन बुटवल उपमहानगरपालिकाले दाउरा वितरण अभियान सुरु गरेको छ ।

अत्याधिक चिसो बढेसँगै बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर १ ले चोकचोकमा दाउरा वितरण गर्न सुरु गरेको हो ।

आर्थिक रुपमा विपन्न जनतालाई चिसोबाट बचाउन राहत स्वरुप दाउरा वितरण गरिएको बुटवल उपमहानगरपालिका, वडा नम्बर एकका अध्यक्ष नरेन्द्र बस्नेतले बताउनुभयो । उहाँले यसबाट विपन्न नागरिकलाई राहत मिल्ने विश्वास लिएको बताउनुभयो । दाउरा बिहीबार पनि बाँड्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

केही दिन यता तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेको छ । बुटवल लगायतका स्थानमा शित लहरले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ ।