६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


‘नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्’


143
Shares

काठमाडौं । पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रममा बोल्दै पूर्वकानूनमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

पूर्वमन्त्री शर्माले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसक्दा शान्ति आएपनि पीडाको सम्बोधन हुन नसकेको बताउनुभयो । उहाँले राज्यको दायित्व सशस्त्र जनयुद्ध ताका मानिसहरु बेपत्ता कसरी बनाइए रु भन्ने कुराको जानकारी आम मानिसले पाउनुपर्ने भएपनि अहिलेसम्म पाउन नसकेको गुनासो गर्नुभयो ।

पूर्वमन्त्री शर्माले यो हक संविधानले समेत दिएको हक रहेको उल्लेख गर्र्दै मानिसहरु द्वन्द्वबाट पीडित भएकै अवस्थामा शान्तिबाट समेत पीडित हुनुपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले शान्ति प्रक्रिया आजसम्म पनि टुंगो लाग्न नसक्नु गम्भीर विषय भएको बताउनुभयो । उहाँले अहिले पनि गम्भीर विषय भन्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रहेको बताउनुभयो । उहाँले पीडित, अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि शान्ति प्रक्रियाबारे छुट्टा छुट्टै बयान दिने तर काम केही पनि नगर्ने कुराले शान्ति प्रक्रिय टुंगो लगाउन नसकिने बताउनुभयो ।

पूर्वमन्त्री खरेलले काम केही नगर्ने र कुरा मात्रै ठूला गरेर परिणाम नदिने बताउनुभयो । आरोप र प्रत्यारोपले समाधान ननिस्किने बताउनुभयो ।