१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


देश र जनताको आवश्यकताको आधारमा परियोजनाहरु बनाउनुपर्छ : सांसदहरु


182
Shares

काठमाडौं । देश र जनताको आवश्यकताको आधारमा विकास निर्माणका योजनाहरु बन्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनीहरुले देशको समृद्धिमा योगदान पु¥याउने परियोजनाहरु ओझेलमा परेको बताएका हुन् ।

बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले लाभ नदिने योजनाहरुमा पूरै तागत लगाएको टिप्पणी गर्नुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई मन्त्रालय कतै हराएको त छैन रु भन्दै प्रश्न गर्नुभयो । उहाँले निजगढ विमानस्थलको प्रगतिबारे जानकारी गराउन समेत माग गर्नुभएको छ ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले देश र जनताको आवश्यकताको आधारमा भन्दा कताबाट कमिसन प्राप्त हुन्छ भन्ने कुराबाट योजना जन्मिने गरेको बताउनुभयो । उहाँले कमिसनको आधारमा योजना अघि बढाइने प्रवृत्तिको निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कानूनको निर्माणमा संविधानको भावनाअनुसार उदासिन समिति र संसादहरु उदासिन भएको भन्दै ग्लानी भइरहेको बताउनुभयो ।

नेकपा (एमाले)की सचेतक सुनिता बरालले दीर्घकालिन र राणनीतिक योजनाहरु सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । उहाँले भैरहवा र पोखरा विमानस्थलको प्राविधिक पक्षबारे आमनागरिकलाई जानकारी दिन जरुरी रहेको बताउनुभयो । उहाँले निर्माण सम्पन्न विमानस्थल सञ्चालनका लागि सरकारले किन पहल नचालेको रु भन्दै प्रश्न गर्नुभयो ।

बैठकमा अधिकांश सांसदहरुले योजना छनोट गर्दा देश र जनताको समृद्धि र आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।