काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पार्नुभएको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा पस्तुत गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बतउनुभएको हो ।
उपमहासचिव ज्ञवालीले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताउनुभयो । उहाँले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताउनुभयो ।
नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताउनुभयो ।
सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताउनुभयो । नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्