काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्नुहुने भएकाे छ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पार्टी अध्यक्ष ओलीले शुक्रबार बिहान ११ बजे रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्न लाग्नुभएकाे हाे।
राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष ओलीसहित पार्टीका नेताहरू नुवाकोटको विदुर लगायतका बाढी प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयाे।









प्रतिक्रिया दिनुहोस्