काठमाडौं । आज १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै छ । जागरुक युवा अभियान नेपालको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउँदै छन् । नेपालीको पहिचान दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवापुस्तामाझ स्थापित गर्न २०७० सालदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउने गरिएको हो ।
यो दिवस मनाउन थालेदेखि विवाह, व्रतबन्धलगायतका सांस्कृतिक उत्सवहरुमा युवाले राष्ट्रिय पोशाक लगाउन थालेका छन् । राष्ट्रिय पोशाकलाई औपचारिक रुपमा हटाएपछि युवाहरुले यो अभियान शुरु गरेका हुन् ।
आज पाटन दरबार क्षेत्रमा यो दिवस मनाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्