७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


कुण्डला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


273
Shares

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं शुभआरम्भ, नागरिक सचेतना समाज नेपाल र समाजसेवी र संस्थागत विद्यालयहले नुवाकोटस्थित कुण्डला आधारभूत विद्यालयमा १०५ जना विद्यार्थीहरुका लागि ट्रयाकसुट, टिर्सट, टोपी, झोला र कपि, कलम, सिकाकलम र कलर वितरण गरेको छ ।

क्लब अध्यक्ष सुशान्त न्योपानेसहित लायन्स क्लवका पदाधिकारीहरु, नागरिक सचेतना समाज नेपालका सदस्यहरु, समाजसेवी, शुभकामना स्कुलका प्रचार्य कुमार ढकाल, मनकामना फुड प्रोडक्टका प्रबन्ध निर्देशक विष्णु पौडेल लगायतले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेका छन् । समाजसेवी यूवाहरुले कपि, कलम, पेन्सिल र कलर उपलब्ध गराएका थिए ।

क्लब अध्यक्ष सुशान्त न्यौपानेकाअनुसार नागरिक सचेतना समाज नेपाल, तारकेश्वर ४ मा रहेको सृजना ज्ञानसागर सेकेण्डरी स्कुल, समाजसेवी बिनोद चापागाई, रामकुमार थापा, व्यवसायी होम बोगटी, फ्लोरोसेन्ट मा।वि।का प्राचार्य तथा समाजसेवी कमलप्रसाद न्यौपाने सहितले १०५ थान ट्रयाकसुट र टिर्सट उपलब्ध गरेका थिए ।

फ्लोरोसेन्ट माविका प्राचार्य कमलप्रसाद न्यौपानेले आमा स्वर्गीय घनकुमारी न्यौपानेको स्मृतिमा सहयोग गर्नुभएको थियो । त्यस्तै तारकेश्वर ९ मा रहेको शुभकामना इङलीस बोडिङ स्कुलले ५० थान झोला उपलब्ध गराएको थियो । त्यस्तै मनकामना फुड प्रोडक्टले १६० थान न्यानो टोपी उपलब्ध गराएको थियो ।

शनिबार विद्यालयमा भएको एक औपचारिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले सहयोगी हातहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अन्य विद्यालयहरुमा पनि सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं शुभआरम्भका अध्यक्ष, नागरिक सचेतना समाज नेपालका महासचिव तथा फरकपत्र द्धैमासिक पत्रिकाको प्रकाशक रामशरण न्यौपानेले फरकपत्रको १२ औँ वार्षिकोत्सवको अवसरमा केक काटेर विद्यार्थीहरुसँग खुसियाली साटेका थिए । ११ औँ वार्षिकोत्सवको अवसरमा फरकपत्रले काठमाडौंमा एक विशेष कार्यक्रम गरी एसईई र एसएलसीमा उत्कृष्ट जीपीए ल्याउने तारकेश्वरमा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।