काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोके तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो ।
महानिर्देशक अधिकारीले सरकारले अहिलेसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोक्न नसक्दा समस्या भएको बताउनुभयो । उहाँले भैरहवा,पोखरा र त्रिभुवन विमानस्थल एकै पटक चल्नसक्ने अवस्था नभएको बताउनुभयो ।
महानिर्देशक अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताअनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा, पोखरा विमानस्थल चल्ने दाबी गर्दै क्षमता तोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले क्षमता अनुसार विमानस्थल चाउने भनेर सरकारले निर्णय गरेको दिन भैरहवा,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताउनुभयो ।
महानिर्देशक अधिकारीले यसले भैरहवा,पोखरा काठमाडौं कनेक्टिभिटि र अन्तर्राष्ट्रिय उडानहरु बढ्ने बताउनुभयो । उहाँले भविष्यमा अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताउनुभयो । उहाँले तीन वटै विमानस्थल चल्दा काठमाडौैंको विमानस्थल रातभरी चलाउनु र होल्डिङमा पनि बस्नु नपर्ने बताउनुभयो ।
महानिर्देशक अधिकारीले विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुपरेको भन्दै ५० लाख यात्रु क्षमता निश्चित गर्दा निजी क्षेत्रले सरकारलाई साथ दिनुपर्ने बताउनुभयो । उहाँले विमानस्थलमा ५० लाख यात्रु क्षमता निश्चित गर्ने कुरा पाँच छ जना व्यवसायीहरुले कब्जामा राखेको उल्लेख गर्नुभयो ।
महानिर्देशक अधिकारीले प्राधिकरणले सबै कुरा सम्बोधन गर्न नसक्ने बताउनुभयो । उहाँले पाँच महिना पनि धैर्य गर्नसक्ने निजी क्षेत्र नदेखिएको बताउनुभयो । विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरुको कटौती भएको नभएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्