काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायलयलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ ।
सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा बोल्दै कानूनमन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।
रास्वपाप्रति लक्षित गर्दै सडक र सामाजिक सञ्जालबाट न्यायालयलार्य प्रभावित बनाएको आरोप लगाउनुभयो । उहाँले कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताउनुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताउनुभयो ।
कानूनमन्त्री चौरसियाले आफूहरुको कमीकमजोरी र व्यवस्थामा भएका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्