काठमाडौं । १४ सय वर्ष पुरानो यंगाः हितिको जिर्णोद्धार सुरु भएको छ ।
गंगा क्लबले चिभा चैत्य संगठनको ५० लाख आर्थिक सहयोगमा हितिको जिर्णोद्धार सुरु गरेको हो ।
बिहीबार बज्रयान बौद्ध परम्परा अनुसार क्षमा पूजा गरेर जिर्णोद्धार सुरु गरेको क्लबले जनाएको छ ।
काठमाडौंको यङ्गालमा रहेको लिच्छविकालिन यंगाः हिति गत जेष्ठ महिनामा बाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र स्थानीय उपभोक्ता समितिले हितिको जिर्णोद्धार गर्ने क्रममा पुरातात्विक महत्वको ऐतिहासिक वस्तु फेला परेको थियो । पुरातत्व विभागले हिति क्षेत्रमा उत्खनन् गर्दा पूर्व मध्यकालिन ईँटाको संरचना अंगार र खरानीको थुप्रो तथा लिच्छवीकालिन ईटा पनि फेला परेको थियो ।
यस्तै, हितिमा आउने पानीका चार वटा स्रोत पनि फेला परेको थियो । विभागले अनुसन्धान अगाडी बढाएपछि जिर्णोद्धार कार्य रोकिएको र बाग्मती प्रदेशले दिएको बजेट पनि रोकेकोे थियो । चिभा चैत्य संगठनको आर्थिक सहयोगमा हितिको जिर्णोद्धार हुन लागेको जनाएको छ । हाल सम्म पनि यंगाः हितिको निकासा फेला परेको छैन ।
प्रतिक्रिया दिनुहोस्