काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा अपाङ्गता भएका व्यक्तिहरुले बनाएका चित्रहरुको प्रदर्शनी सुरु भएको छ ।
२६औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित समावेशी चित्रकला प्रदर्शनीमा अपाङ्गता भएका व्यक्तिहरुले कोरेका चित्रसहित ५१ वटा चित्रकला प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा परम्परागत, आधुनिक र समसामयिक विषय झल्किने किसिमका चित्रकलाहरु प्रर्दशनीमा राखिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले अवलोकन गर्नुभयो ।
कार्यक्रममा प्रदर्शनीमा राखिएका चित्रकलाका स्रष्टाहरुलाई मन्त्री सुडीले प्रमाणपत्र दिएर सम्मान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्