५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


तबलावादक उस्ताद जाकिर हुसैनको निधन


611
Shares

एजेन्सी । विश्व प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । फोक्सोसम्बन्धी रोगबाट पीडित हुसेनको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

हुसेनका परिवारका सदस्यहरुका अनुसार उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि आइसीयूमा भर्ना गरिएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो ।

हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गर्नुका साथै सन् १९७३ मा आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वल्र्ड’ सार्वजनिक गर्नुभएको थियो । हुसैनले आफनो जीवनमा कुल ४ वटा ग्रामी अवार्ड जित्नुभएको छ ।