१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


जर्जियाको नयाँ राष्ट्रपतिमा मिखाइल काभेलाश्विली नियुक्त


0
Shares

एजेन्सी । जर्जियाको सत्तारुढ दलले विवादास्पद निर्वाचन प्रक्रियामा ईयूप्रति वफादार व्यक्तिलाई राष्ट्रपतिमा नियुक्त गरेको छ ।

विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ ले मिखाइल काभेलाश्विलीलाई पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त गरेको हो ।

जर्जियाको सत्तारुढ ड्रिम पार्टीले गत अक्टोबरमा सम्पन्न संसदीय चुनावमा जीत हासिल गरेपनि जर्जियामा पछिल्लो समय राजनीतिक संकट चुलिएको थियो ।

गत महिना युरोपियन युनियन (ईयू) को सदस्यतामा वार्ता स्थगित गर्ने निर्णयपछि ईयूको पक्षमा धेरै प्रदर्शनहरू भएका थिए । विपक्षीले भने यो चुनावलाई ‘नाजायज’ को संज्ञा दिदै वर्तमान राष्ट्रपति सालोम जुराविश्भिली देशको एक मात्र वैध नेता रहेको बताएको छ ।