काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडकखण्ड स्तरोन्नति गर्न थालिएकाले आज (शुक्रबार)देखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथै वैकल्पिक बाटो प्रयोग गर्न पनि यातायात व्यवसायी तथा यात्रीलाई कार्यालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्