काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखकले संविधानलाई असफल बनउने छुट कसैलाई नभएको बताउनुभयो । उहाँले नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको अदारहण भएको बताउनुभयो । उहाँले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताउनुभयो । संविधान विरोधी गतिविधिहरु कुनैपनि हिसावले क्षम्य नहुने लेखकको भनाइ छ ।
गृहमन्त्री लेखकले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताउनुभयो । उहाँले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ती व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताउनुभयो ।
जनतालाई कानूनी राज्यको प्रत्याभुति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्