२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025


गण्डकी प्रदेशसभाको रिक्त पदमा सुनिता थापाको नाम काँग्रेसबाट अनुमोदन


1.17k
Shares

काठमाडौं । नेपाली काँग्रेसले समानुपातिकतर्फको रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।

सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

काँग्रेसबाट समानुपातिक सांसद विमला गौचनको केही समयअघि मृत्यु भएपछि समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरिएको हो ।