६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन् : खेलकुदमन्त्री चौधरी


6.032k
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुको विदेश पलायन रोक्न जरुरी रहेको बताउनुभएको छ ।

खेलकुदमन्त्री चौधरीले नेपाल आँखा अस्पतालको साधारण सभा कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको बताउनुभयो । उहाँले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न सनेकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताउनुभयो ।

खेलकुदमन्त्री चौधरीले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको र एक महिनाअघि पुरुष राष्ट्रिय भलिबलका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलिया पलायन भएको जानकारी दिनुभयो । यद्यपि श्रेष्ठ भने सन्यास लिएर पलायन हुनुभएको हो । खेलाडीहरुलाई आँखाको उपचारमा नेपाल आँखा अस्पतालले सहयोग गरे राम्रो हुने बताउनुभयो ।

खेलकुदमन्त्री चौधरीले आँखाको रोग नै लाग्न नदिन पनि प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।