काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानूनी अफ्ठ्याराहरु फाकाइने बताउनुभएको छ ।
मधेश प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै कानूनमन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।
कानूनमन्त्री चौरसियाले आफ्नो कार्यकालमा संविधानमा देखिएको कमी कमजोरीहरु फुकाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा जनतालाई न्याय दिन अफ्ठ्यारो भएका ठाउँहरुमा संविधान संशोधन हुने जिकिर गर्नुभयो ।
नागरिकलाई सहज बनाउनका लागि कानून संशोधन हुने र विधेयक ल्याइने बताउनुभयो । कानूनमन्त्री चौरसियाले अहिलेको व्यवस्थामा समस्या र चुनौति भएपनि समाधानको उपाय उच्च नैतिक मूल्यका साथ खोज्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्